भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मुद्वारा सपथ ग्रहण
नयाँ दिल्ली, ९ साउन– भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन. भी. रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा सपथ खुवाउने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति मुर्मुविरुद्ध विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा थिए ।
भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ ।
वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।