बुधबार, माघ २, २०८१
16:10 | २१:५५

इङ्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष गुरुङ सम्मानित  

नेपाली लिङ्क जुलाइ २४, २०२२

लन्डन । इङ्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) सम्मानित भएका छन् ।

उनलाई स्याङ्जाको कोल्मा बहाकोट आमा समूहले विशेष सम्मान गरेको हो । आफ्नो जन्मथलोका आमाहरुको आर्शीवाद र सम्मानबाट आफू निकै प्रसन्न र प्रेरित भएको एलबीजेडले बताए ।

आमा समूहका तर्फबाट नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक राजन कार्कीले उनलाई शुभ कामनासहित खादा ओढाएर बधाइ ज्ञापन गरेका थिए ।

साथै स्याङ्जा समाज यूकेका अध्यक्ष सारदा गुरुङले पनि बधाइ दिंदै समाजसेवाको उद्देश्य राखेर त्यसमा लागेपछि म होइन् हामीको भावना मनमा लिनुपर्ने सुझाए ।

कार्यक्रममा आमा समूहको प्रतिनिधित्व गर्दै रुपा गुरुङ र सन्तोषी गुरुङले आगामी दिनमा पनि यसै गरि प्रगति गरिरहन शुभकामना दिएका थिए ।

सम्मानपछि एलबीजेडले संस्कृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ सम्झंदै जन्म दिने आमा र जन्मिएको गाउं कहिलै भुल्न नसकिने र आगामी दिनमा आफू अझै सक्रिय भएर सामाजिक कर्ममा लागिरहने बताए ।

उनले आमा समूहकी अध्यक्ष श्रीमती खुमा थापा, कोल्मा बहाकोट समाजका निवर्तमान कोषाध्यक्ष महेन्द्र गुरूङ, आमा समूहकी निर्वतमान अध्यक्ष श्रीमति रूपा गुरूङलगायतप्रति आभार पनि व्यक्त गरे ।

एलबीजेडले पहिलो वर्षको क्रसकन्ट्रीले देश विदेशभर चर्चा परिचर्चा एवं दोस्रो वर्षको क्रसकन्ट्रीले कोल्मा बहाकोटमा फुटबल स्टेडियमको कन्सेप्टले निरन्तरता पाएको पनि स्मरण गरे ।

उक्त कार्यक्रममा सम्पूर्ण खाना ब्यवस्थापन सरिता गुरुङ र सन्तोषी गुरुङले गरेका थिए ।

स्याङ्जामा जन्मे हुर्केर अहिले बेलायतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एलबीजेड समाजिक काम भने पछि हुरुक्क हुन्छन् । उनी आफू दुःख सहेर अरुलाई सकेको सहयोग गरिरहन्छन् । चाहे कोभिड महामारी होस् वा अन्य आपतविपत । अनाथ असहयालाई समेत उनको सहयोग निरन्तर रह्यो ।

वाल्यकालदेखि नै लगनशील र इमान्दार स्वाभावका गुरुङ समाजसेवा गर्न कुनै स्वार्थ राख्न नहुने बताउंछन् ।

अहिले उनी इङ्ल्यान्डमा आफू रहेको समन्वय परिषद मा शाखा विस्तार गर्न सक्रिय छन् । संस्थालाई प्रविधिमैत्री बनाउनु पर्छ भन्दै उनले हरेक गतिविधि वेवसाइटमा राखेर पारदर्शीता देखाउन पनि उनी जुटेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू