बुधबार, मंसिर १२, २०८१
19:41 | ०१:२६

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रूस र इरान सहमत

रासस/सिन्ह्वा जुलाइ २०, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन (बाया), इरानका राष्ट्रपति इब्राहिम राइसी (बीच) र टर्कीका राष्ट्रपति रिसेप एर्डोगान इरानमा वार्तापछि । तस्बिर- एपी

तेहरान, ४ साउन -रूस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो । सिरियामा आतङ्कवादविरुद्ध सामूहिक रुपमा गरिएको सघङ्र्षबारे पनि कुराकानी भएको थियो । आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू