बुधबार, माघ २, २०८१
16:54 | २२:३९

क्रोइडोनमा एनआरएनए काउन्टी काउन्सिल गठन

नेपाली लिङ्क जुलाइ १९, २०२२

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद अन्तर्गत क्रोइडोनमा काउन्टी काउन्सिल स्थापना गरिएको छ ।

एनआरएनएलाई अझै वृहत र फराकिलो बनाउन क्रोइडोनमा काउन्टी काउन्सिल स्थापना गरिएको हो ।

क्रोइडोन नेपाली समाजका संस्थापक अध्यक्ष एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका 
निवर्तमान कोषाध्यक्ष ध्रुवहरि बास्कोटा र सामाजिक अभियन्ता डा. सुरज पौडेलको पहलमा काउन्टी काउन्सिल गठन भएको छ ।

क्रोइडोन काउन्टी काउन्सिलको संयोजकमा श्रीमति शकुन्तला राई खपांगी चुनिएकी छन् । श्रीमति राई क्रोइडोन नेपाली समाजको पहिलो महिला अध्यक्ष हुन् जसले थुप्रै सामाजिक योगदान दिंदै आएकी छन् ।

सचिवमा छनोट भएका राकेश शाह पेशागत रुपले एकाउन्टेन्ट हुन् । उनको पनि समाजसेवा यात्रा लोभलाग्दो छ ।

त्यसैगरि, सदस्यहरुमा प्रमोद खनाल, सहदेवी पुन, मोहन राज कार्की, जमुना पुन रोका र कमला विश्वकर्मा छन् ।

इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले काउन्टी काउन्सिलमा आवद्ध पदाधिकारी-सदस्यहरुलाई बधाइ दिंदै आफ्नो कार्यकालमा एनआरएनए अभियानमा जोडिएर अत्यन्तै उर्जाशील ब्यक्तित्वहरूसंगै काम गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

उक्त कार्यक्रमका लागि भेनू र भोजन ब्यवस्थापन क्रोइडोन नेपाली समाजका संस्थापक सदस्य एवं संक्षक मदन खपांगीले गरेका थिए ।

कार्यक्रम समापनका क्रममा संस्थाका अध्यक्ष एलबीजेडले सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि आफू सामाजिक काममा निरन्तर सकृय रहने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू