बुधबार, मंसिर १२, २०८१
19:44 | ०१:२९

श्रीलंकामा संकटकाल घोषणा

रासस/सिन्ह्वा जुलाइ १८, २०२२

तस्बिर एपी

कोलम्बो, २ साउन–श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका कार्यबाहक राष्ट्रपतिले सोमबार संकटकाल घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकाल घोषणा गरेको समाचारमा जनाइएको छ ।

श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण, नागरिकको जीवन रक्षा तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।

सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी संकटकालको घोषणा गरेको बताइएको छ ।

उता श्रीलंकाली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् ।

यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि यहाँको कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका थिए ।

श्रीलंका पछिल्लो समय आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू