शनिबार, मंसिर १५, २०८१
23:58 | ०५:४३

काठमाडौँमा १४ जनामा हैजा देखियो

रासस जुन २९, २०२२

काठमाडौं । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएका जानकारी दिए ।

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू