बुधबार, मंसिर १२, २०८१
22:26
|
०४:११
राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध
रासस-एएफपी
जुन २८, २०२२
मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन, उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।
रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ‘स्टप लिस्ट’ मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ ।
सूचीमा मेनका सुसान कोलिन्स, केन्टकीका मिच म्याककोनेल, आयोवाका चार्ल्स ग्रास्ले, न्यूयोर्कका कर्स्टन गिलिब्रान्डलगायत धेरै अमेरिकी सिनेटर छन् । यसमा धेरै विश्वविद्यालयका प्राध्यापक एवं अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ