बुधबार, मंसिर १२, २०८१
00:31 | ०६:१६

अमेरिकाबाट युक्रेन आइपुग्यो विशेष हतियार प्रणाली

रासस–एएफपी जुन २३, २०२२

कीभ, ९ असार-

युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ । त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो ।

‘हिमार्स युक्रेन आइपुगेको छ । मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन–तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद ! गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ । तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ’- युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू