बुधबार, मंसिर १२, २०८१
00:41 | ०६:२६

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ९२० को मृत्यु

नेपाली लिङ्क जुन २२, २०२२

काबुल, ८ असार -अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु हुनुका साथै कम्तीमा ६०० जना घाइते भएका तालिवान अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पपछि आएको पहिरोले माटोबाट बनेका घरहरु बगाएका छन् । तालिवान नेता हिबातुल्लाह अखुण्डजादाले सयौं घर भत्किएकाले मृतकसंख्या बढ्न सक्ने बताए ।

भूकम्पबाट पूर्वी प्रान्त पक्टिकाको बर्माल, जिरुक, नाका र गायन जिल्ला सबैभन्दा बढी प्रभावित छन् ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तिमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।

भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू