बुधबार, मंसिर १२, २०८१
00:35 | ०६:२०

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा अमेरिकी सांसदहरूले जनाए सहमति

रासस/एएनआई जुन २२, २०२२

तस्बिर एपी

वासिङटन, ८ असार-अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् ।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए ।

मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ । नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ ।

विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भएपनि मुक्त हुने विश्वास गरिएको छ । बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यू अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू