बुधबार, मंसिर १२, २०८१
00:48 | ०६:३३

अष्ट्रेलियामा बढ्यो न्यूनतम पारिश्रमिक  

रासस-सिन्ह्वा जुन १५, २०२२

क्यानबेरा, १ असार-अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने निष्कर्षसहित न्यूनतम पारिश्रमिक बृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ ।

केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक बृद्धि गर्न आग्रह गरेका थिए ।

तर विभिन्न कर्मचारी संगठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैका मागको बीचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दवाव दिने गरेको बताए ।

उनले भने, “विशेष गरेर तल्लो तहका कर्मचारीहरुले तलव धेरै पढाउन पटक पटक दवाव दिदै आएका थिए ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू