बुधबार, मंसिर १२, २०८१
00:38 | ०६:२३

खेती गर्न श्रीलंकामा शुक्रबार सार्वजनिक बिदा

रासस/सिन्ह्वा जुन १४, २०२२

कोलम्बो, ३१ जेठ-श्रीलंकाले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी बिदा दिने निर्णय पनि गरेको छ ।

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए ।

स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू