बिहीबार, माघ ३, २०८१
23:42 | ०५:२७

प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

नेपाली लिङ्क जुन १०, २०२२

लन्डन पशुपतिनाथ मन्दिर

लन्डन-लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा निशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिने भएको छ।

यही आइतबार १२ जुनका दिन बिहान १० देखि मध्यान्ह १२ बजेसम्म मन्दिर परिसरमै शिविर सञ्चालन गर्न लागिएको हो।

स्थानीय प्लमस्टिड हेल्थ सेन्टरको सहयोगमा चलाउन लागिएको शिविरमा डक्टर एवम् नर्सहरुद्वारा चेकजाँच तथा परामर्श उपलब्ध गराइनेछ।

त्यस अवसरमा उच्च रक्तचाप, मोटोपन, मधुमेह जस्ता स्वास्थ्य समस्याहरुको जाँच गरी आवश्यक परामर्श लिन सकिनेछ। 

मन्दिर सञ्चालक समिति अध्यक्ष दासुराम पाण्डेले भक्तजन एवम् स्थानीय नेपालीहरुलाई लाभान्वित गर्ने उद्धेश्यले शिविर सञ्चालन गर्न लागिएको बताए। सामान्य स्वास्थ्य सेवा तथा परामर्श लिन पनि जीपी अपोइन्टमेन्टका लागि लामो समय पर्खिनुपर्ने भएकाले स्वास्थ्य समस्या झन् जटिल बन्ने अवस्था नबनोस् भनेर शिविरको सोच बनाइएको उनले जनाए।

मन्दिरमा पहिलोपटक आयोजना हुन लागेको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष पाण्डेले बताए।  

मन्दिर समितिले निशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन आव्हान गर्दै समयमै नाम दर्ता गर्न आग्रह गरेको छ । नाम दर्ता लगायतका लागि मन्दिर समितिका पदाधिकारीलाई सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू