बिहीबार, माघ ३, २०८१
04:37 | १०:२२

राष्ट्रिय आविष्कार केन्द्रका लागि ‘द २९०२९’ मा जुट्यो सहयोग

नेपाली लिङ्क मे ३०, २०२२

लन्डन – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी वैज्ञानिक महावीर पुनलाई बेलायत डोरसेटस्थित नेपाली व्यवस्थापनको एसियन रेष्टुरेन्ट ‘द २९०२९’ मा स्वागत तथा सम्मान गरिएको छ ।

बीसीपी नेप्लिज कम्युनिटीको आयोजनामा उक्त रेष्टुरेन्टमा गरिएको च्यारिटी लञ्च कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई तीन हजार तीनसय पाउण्ड संकलन पनि भएको छ ।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका हुन् । अहिले उनी केन्द्रको सहयोगार्थ विभिन्न च्यारिटी र यसका अवधारणाबारे अवगत गराउन यूके-युरोप भ्रमणका सिलसिलामा बेलायतमा छन् ।

समाजका विभिन्न गन्यमान्य व्यक्तिहरु सहभागी उक्त कार्यक्रममा ‘द २९०२९’ रेस्टुरेन्टले निशुल्क खाना व्यवस्थापन गरेको थियो ।

वेरहाम, ब्रोडस्टन तथा वीन वर्णको रिमझिम रेष्टुरेन्टसहित तीनवटा शाखा सञ्चालन गर्दै आएको सो रेष्टुरेन्टले थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

माहामारीका बखत अस्पताल तथा सर्जरीमा निशुल्क खाना वितरण गरेर ‘कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका एनएचएस स्टाफलाई ठूलो सहयोग पुर्याएको थियो ।

बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्ये एक डर्डल डोरको आसपासमा रहेको ‘द २९०२९’ रेष्टुरेन्ट पर्यटकहरुको लागि मुख्य रोजाई अन्तर्गत पर्दछ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नामाकरण गरिएको उक्त रेष्टुरेन्ट सन् २०१४ बाट सञ्चालनमा आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू