बिहीबार, माघ ३, २०८१
05:00 | १०:४५

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेमा नयाँ नेतृत्व

नेपाली लिङ्क मे ३०, २०२२

बांयाबाट नवनिर्वाचित अध्यक्ष अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष गजेन कटुवाल र सचिव डा ओमप्रसाद गौतम ।

लन्डन। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेमा नयाँ नेतृत्व चयन भएको छ ।  

आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको आठौं अधिवेशनले सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो ।

सोसाइटीको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा गजेन कटुवाल, सचिवमा डा ओमप्रसाद गौतम, सहसचिवमा रामहरि हमाल र कोषाध्यक्षमा शम्भुनाथ अधिकारी चुनिएका छन्। 

कार्यसमिति सदस्यमा विमल अधिकारी, चन्द्र कार्की, गीता भट्टराई, प्रनिता पराजुली तिमिल्सिना, रामजी पौडेल र सुर्य कंडेल छन्। संस्थाको आठौं कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा निवर्तमान कार्यसमितिबाट नयाँ समितिले ‘ह्यान्डोभर’ लिने भएको छ।  

यसअघि संस्थाका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव दिलिप पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोविन्द महतले आर्थिक प्रतिवेदन पेश गरेका थिए। 

सन् २००८ मा स्थापित सोसाइटीमा बेलायतमा कार्यरत विभिन्न पेशाका नेपाली प्रोफेसनलहरु आवद्ध छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू