बिहीबार, माघ ३, २०८१
06:09 | ११:५४

अमेरिका र यूरोपमा ‘मंकीपक्स’ भाइरस बढेपछि चिन्ता

रासस/सिन्ह्वा मे १९, २०२२

लन्डन, ५ जेठ-कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मंकीपक्स’ नामक भाइरसको संक्रमण देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको संक्रमण उत्तर अमेरिकी मुलुक तथा यूरोपमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो वर्षको सुरुमा बेलायतमा देखा परेको भाइरस अमेरिकाको टेक्सासमा पनि फैलिएको छ । भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मंकीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मंकीपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ । यद्यपि मंकीपक्स सर्ने माध्यम पानीको सानोसानो कणलाई मानिने हुँदा यसको फैलावट अन्य रोगजस्तो हुन नसक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू