प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेसका कार्की निर्वाचित


डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाए ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छन् । उनले तीन हजार १३ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गरे । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए ।
अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५