बुधबार, मंसिर १२, २०८१
06:45
|
१२:३०
अल जजिरा पत्रकारको हत्याप्रति राष्ट्रसंघको निन्दा
रासस/सिन्ह्वा
मे १४, २०२२
संयुक्त राष्ट्रसंघ, ३१ बैशाख- अल जजिराका पत्रकार हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ ।
अल जजिराकी पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो ।
उनका अर्का एकजना साथी गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । इजरायली सैनिकले गरेको अपरेसनको समाचार संकलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो ।
त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ ।
समाचार संकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ