शनिबार, मंसिर ८, २०८१
10:31
|
१६:१६
बैतडीको क्वारेन्टाइनमा युवतीको मृत्यु
नेपाली लिङ्क
जुन २, २०२०
बैतडी । बैतडीमा क्वारेन्टाइनमा सोमबार एक युवतीको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेकी ति युवती केहि दिन अघिमात्र भारतबाट आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । ती युवतीले दमको उपचार गराइरहेको बताइएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।
उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ