बुधबार, मंसिर १२, २०८१
08:41 | १४:२६

अमेरिकी सभामुख कीभमा, जेलेन्स्कीलाई समर्थन

रासस–एएफपी मे १, २०२२

अमेरिकी सभामुख न्यान्सी पेलोसी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसंग । तस्बिर एपी

कीभ, १८ बैशाख –अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनी राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।

‘हामी विश्वास गर्छौं कि हामी तपाईंको स्वतन्त्रता लडाइँको लागि धन्यवाद भन्नका लागि तपाईंलाई भेट्न आएका छौं । हाम्रो प्रतिवद्धता लडाइँ समाप्त नभएसम्म तपाईंको साथ रहनेछ’, पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेख गरेको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू