स्कटल्याण्डमा कार्यरत नेपाली नर्सहरु संगठित
स्कटल्याण्ड। स्कटल्याण्डमा कार्यरत नेपाली नर्सहरु संगठित भएका छन् । नेप्लिज् नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्ड गठन गरिएको हो।
लामो समयदेखि नर्सिङ क्षेत्रमा अनुभवी सामाजिक अभियन्ता सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता छ।
कार्यसमितिको उपाध्यक्षमा निशा विष्ट, सचिवमा देवी कँडेल, सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सहकोषाध्यक्षमा सुष्मा अर्याल तथा डण्डी एरिया कोअर्डिनेटरमा चन्द्ररेखा अधिकारी चुनिएका छन्।
एशोसिएसनको मुख्य सल्लाहकार एवम् स्टुडेन्ट कोअर्डिनेटरमा डा. राधा अधिकारी छन् भने क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शमिला कार्की सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई छन्।
एशोसिएसन गठनका लागि सम्पन्न भेलामा विभिन्न वक्ताहरुले स्कटल्याण्डमा नेपाली नर्सहरुको संगठनको आवश्यकता तथा नेपाली नर्सहरुबीच सद्भाव र सहयोगका लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका थिए।
उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगबारे प्रकाश पारेकी थिइन् ।
नवगठित कार्यसमितिले स्कटल्याण्डमा रहेका नेपाली नर्सलाई आवश्यक परेको अवस्थामा सहयोग, सुझाव- सल्लाह दिनका साथै नेपालको स्वास्थ्यसेवामा समेत आवश्यक सहयोग गर्ने लक्ष्य लिएको छ ।
समिति नेप्लिज नर्सिङ एशसिएसन यूकेकी अध्यक्ष सुनिता गौतमको सहयोग र मार्गदर्शनअनुसार गठन भएको जनाइएको छ ।