बुद्ध फाउन्डेसनमा ३१ सल्लाहकार मनोनित, आइतबार स्वागत कार्यक्रम
महावीर पुन कार्यक्रमको प्रमुख अतिथि
लन्डन-बुद्ध फाउन्डेसन यूकेले आफ्ना नवमनोनित सल्लाहकारहरुलाई एक समारोहबीच स्वागत गर्ने भएको छ।
फाउन्डेसनले हालै मनोनित गरेका ३१ जना सल्लाहकारको स्वागतका लागि यही आइतबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यक्रम गर्न लागेको हो ।
सल्लाहकार स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथिका रुपमा अहिले बेलायत भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन सहभागी हुने भएका छन् ।
यसअघि फाउन्डेसनले बेलायतस्थित विभिन्न क्षेत्र, पेशा र समुदायलाई समेट्दै ३१ जना सल्लाहकार मनोनित गरेको छ ।
फाउन्डेसनका नवमनोनित सल्लाहकारहरुमा बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, तमुधिं यूकेका पूर्व अध्यक्ष सुवासिं गुरुङ, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स अध्यक्ष डा कपिल रिजाल, नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, समाजसेवी व्यवसायी रविजंग लामिछाने, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, उपमेयर लक्ष्य गुरुङ, मेयर विष्णुबहादुर गुरुङ, समाजसेवी शिवजी श्रेष्ठ, एनआरएनए यूके निवर्तमान अध्यक्ष पुनम गुरुङ, समाजसेवी शान्ति थापा कुँवर, समाजसेवी भोला खनाल (स्कटल्याण्ड), एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, काउन्सिलर जीव बेल्वासे, कपिलवस्तु समाज यूकेका वरिष्ठ उपाध्यक्ष हरिष ज्ञवाली छन्।
त्यस्तै, व्यवसायी राजन कंडेल, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, डीबीसी यूके अध्यक्ष सुमलकुमार गुरुङ, पशुपतिनाथ मन्दिर यूके ट्रस्टी विनोद ज्ञवाली, लामा गुरु धर्म गुरुङ, काउन्सिलर नेम थापा, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, पासा पुच यूके पूर्व अध्यक्ष कुमार श्रेष्ठ, मगर संघ यूके अध्यक्ष सीता पुन, लुम्बिनी फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ, लुम्बिनी विकास कोषका सद्भावनादूत गायक धिरज राई, आरजीएनएस अध्यक्ष जीत रानाभाट, सुमना शाक्य, एनआरएनए यूके पूर्व महासचिव आरके त्रिपाठी र नेपाल पर्यटन बोर्डका पूर्व दूत पशुपति भण्डारी पनि सल्लाहकार मनोनित भएका छन्।
सल्लाहकारको स्वागतका लागि आइतबार बिहान ११ बजे कार्यक्रम तय छ।
बुद्धजयन्तीबारे पत्रकार सम्मेलन
सोही अवसरमा यही मे २२ मा लन्डन ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रमसन्बन्धि जानकारी दिन आयोजक बुद्ध फाउन्डेसनले एक पत्रकार सम्मेलन पनि गर्ने भएको छ।
सल्लाहकारको स्वागत तथा परिचय कार्यक्रम सकिएपछि बुद्धजयन्ती कार्यक्रमको अहिलेसम्मको तयारी र योजनाहरुबारे पत्रकार सम्मेलन गरी जानकारी गराइने फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले बताए ।
फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएसंगको सहकार्य तथा बेलायतस्थित सबै नेपाली संघसंस्थाको सहभागितामा वर्षेनी बुद्धजयन्ती कार्यक्रम गर्दै आएको छ ।
विश्वमाझ बुद्धको शान्ति सन्देश प्रचारप्रसारका साथै नेपालको पर्यटन प्रवर्द्धन समेतको लक्ष्य राखेर गरिने कार्यक्रममा बुद्ध दर्शनसम्बन्धि प्रवचन, मौलिक नेपाली सांस्कृतिक प्रस्तुति, शान्तिदीप प्रज्वलन, पर्यटन प्रवर्द्धनात्मक सामग्री वितरण लगायतका गतिविधि गर्ने गरिएको छ ।