बिहीबार, माघ ३, २०८१
08:58 | १४:४३

राष्ट्रिय कलाकारका साथ श्रृजनशील लेष्टर नेपाल यूकेको नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल २१, २०२२

लन्डन । श्रृजनशील लेस्टर नेपाल, यूकेले गत १८ अप्रिलका दिन राष्ट्रिय कलाकारद्वय अस्मिता डल्लाकोटी र विशाल रायमाझीको साथ नेपाली नयाँ वर्ष २०७९ मनाएको छ ।

कलाकारहरुको प्रस्तुतिमा नयाँ वर्ष मनाउन स्थानीय लेस्टरवासी नेपालीसहित नटिंघम, पिटरबरो, बर्मिंघम, डर्बी, ग्रान्थम, कोलभील लगायत मिडल्यान्डबाट सहभागी उल्लेख्य नेपालीहरुले हल खचाखच भरिएको थियो ।

कार्यक्रममा संस्थाकी कार्यकारी सदस्य माया प्रधानले सम्पूर्ण अतिथीलाई व्याज लगाइदिएर स्वागत गरेकी थिइन् । कार्यसमिति सदस्य बास्ना भन्डारीको स्वागत मन्तब्यका साथ दुई बालिकाले नृत्य प्रस्तुत गरि उपस्थित पाहुना एवं दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

समाजका अध्यक्ष नारायण फूयालको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थापक अध्यक्ष राजु कँडेलले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, एनआरएनए आइसीसी सदस्य एवं साझाका निवर्तमान अध्यक्ष महेश अधिकारी, नटिंघम नेपाली समाजका संस्थापक अध्यक्ष एवं साझाका पूर्व अध्यक्ष रण खाती, एनआरएनए यूके सचिव विष्णु चालिसे, नटिंघम नेपाली समाज पूर्व अध्यक्ष प्रवीन पाण्डे, नटिंघम नेपाली समाजका अध्यक्ष रबिन्द्र शर्मा, गलकोट समाजका उपाध्यक्ष डिलाराम गौतम, साझा नेपाली समाजका उपाध्यक्ष प्रेम आले, सामाजिक अभियन्ता पवन शर्मा, श्रृजनशील लेस्टर नेपाल यूकेका निवर्तमान अध्यक्ष बलराम चापागाई र शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारीले शुभकामना मन्तव्य दिएका थिए ।

विभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, समाजसेवीहरूको शुभकामना मन्तब्य र हालै एनआरएनए उपमहासचिवमा निर्वाचित रामशरण सिम्खडाको शुभकामना मन्तब्य पश्चात समाजका अध्यक्ष नारायण फूयालले औपचारिक कार्यक्रम समापन गरेका थिए ।

समाजका महासचिव पुन्डरी अर्यालले पहिलो चरणको कार्यक्रम र दोश्रो चरणको कार्यक्रम समाजका सचिवद्वय शिव पराजुली र लक्ष्मण गौतमले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक विभागको संयोजन संस्थाका सदस्यद्वय राम बन्जाडे तथा श्रुति बम ठकुरीले गरेका थिए ।

कार्यक्रममा पिटरबोरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारी, श्रृजनशील लेस्टर नेपालका पूर्व अध्यक्ष पशुपति पोखरेल, नटिंघम नेपाली समाजका उपाध्यक्ष मुकुन्द खरेल, महासचिव लोकनाथ अधिकारी लगायत नटिंघम नेपाली समाजका कार्यसमितिको उपस्थिति थियो ।

स्थानीय वालकलाकारहरु सितल घिमिरे, सिजल घिमिरे, प्रिया खरेल र रश्मी आयर तथा यसै संस्थाकी कार्यसमिति सदस्य श्रुति बम ठकुरीको नृत्यलाई प्रशंसा गर्दै संस्थाले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेको थियो ।

त्यसैगरि संस्थालाई रकम सहयोग गर्ने विभिन्न ब्यवसायीलाई पनि संस्थाको तर्फबाट उच्च मुल्यांकन गर्दै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू