बिहीबार, माघ ३, २०८१
10:48 | १६:३३

विद्यालय विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

रासस-एएनआई अप्रिल १९, २०२२

घाइतेको उपचारका लागि लग्दै स्वास्थ्कर्मी । तस्बिर एएफपी

काबुल अफगानिस्तान, ६ बैशाख–पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।

१–टिभी न्यूज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।

शहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो ।

त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो । विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू