श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग माग्यो आर्थिक सहयोग
कोलम्बो, ६ वैशाख–गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ ।
छलफलका लागि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ ।
आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्रीले बताए ।
उनले देशको आर्थिक संकट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए ।
पछिल्लो समय श्रीलंकाले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मंगलबार श्रीलंका सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलंकाको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको छ ।
श्रीलंका स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक संकटको सामना गरिरहेको छ । खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।