बिहीबार, माघ ३, २०८१
11:59
|
१७:४४
बेलायती प्रधानमन्त्रीसहित १२ वरिष्ठ राजनीतिज्ञलाई रुस प्रवेशमा प्रतिबन्ध
रासस/एएनआई
अप्रिल १६, २०२२
मस्को, ३ बैशाख- रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित १२ जना वरिष्ठ राजनीतिज्ञलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् ।
ति बेलायती राजनीतिज्ञमा मन्त्रिपरिषद सदस्यहरु विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वालेस आदि छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुस विरुद्ध लड्न बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।
युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् । धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ