बुधबार, मंसिर १२, २०८१
13:48
|
१९:३३
जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा १०० घाइते
रासस–एएफपी
अप्रिल १५, २०२२
जेरुसेलम, २ बैशाख–जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेलाई मैदानमा उपचार गरिएको छ ।
झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो ।
इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ