बुधबार, मंसिर १२, २०८१
12:21 | १८:०६

अमेरिकी राष्ट्रपति युक्रेन नजाने

रासस–एएनआई/स्पुतनिक अप्रिल १५, २०२२

अमेरिकी राष्ट्रपति जो बाइडन । तस्बिर एपी

वासिङ्टन,२ बैशाख–अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छिन् ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ ।

‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं’, साकीले सो कुरा बताएको पोलिटीको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् ।

थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरि रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू