बिहीबार, माघ ३, २०८१
12:15 | १८:००

बेलायतको अनुग्रह ज्वेलर्सद्वारा खोटाङमा शैक्षिक सामग्री वितरण

नेपाली लिङ्क अप्रिल १४, २०२२

लन्डन- बेलायतमा गरगहनाको व्यापार गर्दै आएको अनुग्रह ज्वेलर्सले नेपालको खोटाङस्थित एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका महेश्वरी, सानो डुम्रेमा अवस्थित श्री मयुर आधारभूत विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

अनुग्रह ज्वेलर्सका निर्देशक सुमन राई गत सोमबार आफैं सो विद्यालयमा पुगेर सहयोग वितरण गरेका थिए । उनले हरेक विद्यार्थीलाई पाठ्यसामग्री बोक्ने झोला, कलम लगायतका सामग्री प्रदान गरे। 

अनुग्रह ज्वेलर्सका निर्देशक राईले आफूले प्राथमिक शिक्षा हासिल गरेको विद्यालयमा पुगेर सहयोग गरेका हुन् ।  

‘लामो समयको अन्तरालमा आफूलाई कखरा सिकाएको स्कुलमा पुग्न पाउँदा विशेष आनन्द अनुभुति हुँदोरहेछ’, उनले भने, ‘आफूले सञ्चालन गरेको व्यवसायबाट केही सहयोग गर्ने अवसर पाउँदा झन् गौरव लागेको छ ।’ 

भावी दिनमा पनि कसरी सहयोग गर्न सकिन्छ भनेर विद्यालयका शिक्षक एवम् व्यवस्थापन समितिसँग छलफल गरेका राईले सहयोग निरन्तरताको प्रतिवद्धता गरेका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू