बिहीबार, माघ ३, २०८१
10:46
|
१६:३१
चितवनका पन्त बेलायतमा काउन्सिलर उम्मेदवार
नेपाली लिङ्क
अप्रिल ८, २०२२
लण्डन-वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार भएका छन् ।
वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनको उम्मेदवारी परेको हो ।
आगामी ५ मे का दिन बेलायतमा स्थानीय निर्वाचन हुँदैछ ।
काउन्सिलर उम्मेदवार पन्तले स्थानीय विकास, जनताका लागि सेवा सुविधा आदिलाई प्राथमिकता दिएका छन् ।
चितवन भरतपुर महानगर -१० का स्थायी बासिन्दा पन्त विगत १४ बर्षदेखि बेलायतमा छन् । उनका साथ २ छोरा र श्रीमति छन् ।
प्राणीशास्त्रमा स्नातकोत्तर गरेका पन्त नेपाली समुदायमा परिचित छन् । वाटफोर्डमा अहिले नेपालीको बसोबास पनि बढेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ