बुधबार, मंसिर १२, २०८१
14:26 | २०:११

श्रीलंकामा जारी संकटकाल खारेज 

रासस-एएनआई अप्रिल ६, २०२२

कोलम्बोस्थित स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका चिकित्सा विषय अध्ययनरत विद्यार्थीहरुसंग प्रहरीको मुठभेड । तस्बिर एएफपी

कोलम्बो, २३ चैत – श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको संकटकाल खारेज गरेका छन् ।

यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी संकटकाल घोषणा गरेको थियो ।

“सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको संकटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भने ।

आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा सरकारका कारण संकट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ ।

प्रशासनिक संकटकाल खारेज गरिएपनि स्वास्थ्य संकटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरि औषधि अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य संकटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू