बुधबार, मंसिर १२, २०८१
14:39 | २०:२४

अस्ट्रेलिया र भारत स्वतन्त्र व्यापार सम्झौतामा सहमत

रासस–सिन्ह्वा अप्रिल २, २०२२

क्यानबेरा, १९ चैत–अष्ट्रेलिया सरकारले शनिबार भारतसँग व्यापार सम्झौता गर्ने सहमति गरेको छ । अस्ट्रेलिया–भारत आर्थिक सहयोग र व्यापार सम्झौतालाई प्रधानमन्त्री स्कट मोरिसनले प्रमुख आर्थिक वरदानको रूपमा स्वागत गरेका छन् ।

सम्झौताले भारतमा अस्ट्रेलियाको निर्यातको ८५ प्रतिशतमा ट्यारिफ हटाउने छ । भारत २०२० मा अष्ट्रेलियाको सातौं ठूलो व्यापारिक साझेदार थियो । दुईतर्फी व्यापारको मूल्य २४.३ बिलियन अस्ट्रेलियन डलर (१८.२ बिलियन अमेरिकी डलर) थियो । संघीय सरकारले सन् २०३५ सम्ममा भारतलाई शीर्ष तीन व्यापार बजार बनाउने योजना अघि सारेको थियो ।

मोरिसनले एक विज्ञप्तिमा भनेका छन्, ‘सम्झौताले अष्ट्रेलियाली उत्पादकहरू र सेवा प्रदायकहरूका लागि ठूलो व्यापार विविधीकरण अवसर सिर्जना गर्नेछ ।’

यद्यपि, अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार डेरी र गाईको मासुलगायतका प्रमुख कृषि निर्यातलाई अन्तरिम सम्झौताबाट बाहिर राखिएको थियो ।

मिडिया विज्ञप्तिमा दुवै देशले पूर्ण बृहत् आर्थिक सहयोग सम्झौताको दिशामा काम गर्न जारी राख्न सुझाव दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू