बिहीबार, माघ ३, २०८१
13:05 | १८:५०

लन्डन सड्बरीको हिमालयन क्लबमा नेपालबाट भित्रिए दक्ष जनशक्ति, अब थप परिष्कृत मेन्यू

नेपाली लिङ्क मार्च ३१, २०२२

तस्विरमा बाँयाबाट क्रमश: हिमालयन क्लबका सेफहरू सुदर्शन सिम्खडा र अरुण कार्की तथा संचालक बल रायमाझी, म्यानेजर प्रेम गौतम।

लन्डन । कोभिड महामारी कम भएसंगै लन्डन सड्बरीस्थित हिमालयन क्लबले आफ्नो व्यापारिक रणनीति परिवर्तन गरेको छ ।

नेपाली व्यवसायी बल रायमाझी र गीता भण्डारी रायमाझी सञ्चालक रहेको उक्त रेष्टुरेन्टले नेपालबाट वर्क परमिटमा व्यवसायिक सेफ, म्यानेजरसहित दक्ष जनशक्ति ल्याएर आफ्नो गुणस्तर अझ परिष्कृत गरेको हो ।

विगत ६ वर्षदेखि सञ्चालित हिमालयन क्लबमा अब अनुभवी सेफबाट पकाइने टिपिकल नेपाली परिकार उपलब्ध छन् ।

नयां नेपाली परिकारहरु ल्याम्ब छोयला, सुकुटी सांधेको, तन्दुरी मःम, देशी चिकेन, दम बिरयानी आदि हिमालयन क्लवमा थपिएको सञ्चालक रायमाझीले जानकारी दिए ।

दुबई नेपाल र साइप्रसमा झण्डै डेढ दशक सेफ भएर व्यवसायिक अनुभव संगालिसकेका हेड सेफ अरुण कार्की नेपालबाट तीन महिनाअघि हिमालय क्लव भित्रिएका हुन्।

‘अथेन्टिक नेपाली कुजिनलाई अपग्रेड गरेर व्यवसायिक प्रवर्धनमा मेरो उद्देश्य छ’, कार्कीले भने, ‘भविष्यमा नयां नेपाली परिकार थप्ने योजना हाम्रो छ ।’

उता, ५ तारे काठमाडौं हायात रिजेन्सीमा करिब दुई वर्ष र दुबईको ७ तारे होटल बुर्ज अल अरब (टावर अफ अरब) मा करिब १२ वर्ष म्यानेजर भएर काम गरिसकेका प्रेम गौतम म्यानेजरका रुपमा हिमालयन क्लबसंग जोडिएका छन्।

‘सेवा, खानाको गुणस्तर र हाइजिन रेष्टुरेन्टमा हुनुपर्ने मुख्य पक्ष हुन्’, म्यानेजर गौतमले भने, ‘हामी यी कुरामा कहिल्यै पनि कम्प्रमाइज गर्दैनौं । ग्राहकलाई पारिवारिक वातावरण अनुभूति गराएर स्वादिष्ट खाना पस्कने हाम्रो मुख्य लक्ष्य हुन्छ।’

व्यवसायी रायमाझीले कोभिड महामारीमा संकट बेहोरेको आफ्नो रेष्टुरेन्टले अब गति लिन थालेको बताए । ‘हामीले नेपालबाट दक्ष जनशक्ति ल्याएका छौं । आशा छ, अब व्यवसायमा नयां आयाम थपिने छ’, उनले भने ।

सञ्चालक रायमाझीले सेफ लगायत दक्ष जनशक्ति अभावमा रेष्टुरेन्टले ग्राहकको अपेक्षा पुरा गर्न नसक्ने अनुभव सुनाउंदै अब परिष्कृत र नयां योजनासहित आफ्नो रेष्टुरेन्ट सञ्चालन भएको बताए।

‘सेफ, म्यानेजर रेष्टुरेन्टका प्रमुख मेरुदण्ड हुन्’, उनले सुनाए, ‘स्वादिष्ट खानाले नै ग्राहक आकर्षित गर्ने भएकाले हिमालयन क्लव अब फुल फेजमा सेवा दिन तयार छ । एकजना अर्को सेफ पनि नेपालबाटै आउने तयारीमा छन्।’

करिब एकसय सिट क्षमताको हिमालयन क्लवमा हरेक शुक्रबार र शनिबार राती अबेरसम्म बलिउड लाइभ म्यूजिक हुन्छ। उक्त रेष्टुरेन्ट नेपाली र भारतीय समुदायको प्रमुख रोजाइमा छ। रेष्टुरेन्टले इनडोर विभिन्न पार्टीसहित आउट डोर क्याटरिंग पनि गर्ने सञ्चालक रायमाझीले बताए।

तस्विरमा हेरौं हिमालयन क्लबको परिष्कृत मेन्यूमा समावेश केही परिकारहरु : (तस्विरहरु: नरेन्द्र बस्नेत) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू