बुधबार, मंसिर १२, २०८१
16:54 | २२:३९

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ  

रासस-सिन्ह्वा मार्च ३१, २०२२

लिस्वान १७ चैत- पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विशेष परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री कोस्टले महत्वकांक्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा गरेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उनले भने । राजनीतिक संकटबाट निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू