बिहीबार, माघ ३, २०८१
14:06 | १९:५१

चार्ल्टन नेपाली समाजले अप्रिल १७ मा नयाँ वर्ष मनाउने

नेपाली लिङ्क मार्च २९, २०२२

फाइल तस्विर: चार्ल्टन नेपाली समाजको टीम ।

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टन आसपासमा बस्ने नेपालीहरुको संस्था ‘चार्ल्टन नेपाली समाज’ ले नेपाली नयाँ वर्ष मनाउने भएको छ ।  

आउंदो अप्रिल १७ तारिख आइतबार साँझ एक विशेष कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको हो । स्थानीय मेरिडियन स्पोर्टस् तथा सोसल क्लबमा साँझ ५ देखि ११ बजेसम्म कार्यक्रम तय छ ।

समाजका उपाध्यक्ष प्रकाश कंडेलका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुबाट मनोरञ्जन गराइने छ । त्यस अवसरमा प्रस्तुति दिन केही कलाकारसँग छलफल भइरहेपनि टुंगो लाग्न बाँकी छ । 

कार्यक्रम तयारीका लागि आइतबार समाजको कार्यसमिति बैठक बसेको थियो । अध्यक्ष रेखा खरेलको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार समेतको सहभागिता थियो ।

अध्यक्ष खरेलले नयाँ वर्ष कार्यक्रममा सहभागिताका लागि साउथ इष्ट लन्डनवासी सम्पूर्ण नेपालीलाई आव्हान गरेकी छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू