बिहीबार, मंसिर १३, २०८१
19:27 | ०१:१२

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति

रासस/सिन्ह्वा मार्च २१, २०२२

अंकारा ७ चैत– रुस र युक्रेनबीच युद्धविरामका लागि सकारात्मक प्रगति भएको टर्कीले जनाएको छ ।

रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिएका हुन् ।

यसअघि पनि यी दुई देशबीच विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस सहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरु आकासबाट गरिएका बमबारीले ध्वस्त भएका छन् । यसैले पहिला युद्धविराम गरी त्यसपछि मात्र वार्ताको टेबलमा बस्नुपर्ने युक्रेनले बताएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको छ ।

दुई देशको वार्ताका लागि टर्कीले मध्यस्थताको पहल गरिरहेको जनाएको छ । तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू