बिहीबार, मंसिर १३, २०८१
19:43 | ०१:२८

युक्रेन युद्ध प्रभावितका लागि अन्तरराष्ट्रिय सहयोग आह्वान

रासस-एएनआई मार्च ११, २०२२

जेनेभा- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुस-युक्रेन युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लंघन रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरे । 

संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै महासचिवले सहयोगको अपिल गरे । 

रुस-युक्रेन द्वन्द्वलाई उल्लेख गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघ स्थापना भएको पनि विचार व्यक्त गरे। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू