लन्डन–अष्ट्रेलियाका लेजेन्डरी क्रिकेटर सेन वार्नको निधन भएको छ। वार्नको सचिवालयले एक वक्तव्यमार्फत् थाइल्यान्डको कोह समुइस्थित भिल्लामा स्थानीय समयअनुसार शनिबार बिहान उनको निधन भएको जनाएको छ ।
५२ वर्षीय वार्न हृदयघातका कारण निधन भएको आशंका गरिएको छ ।
‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए तर उनलाई ब्युँत्याउन सकिएन’ उनको सचिवालयले भनेको छ।
वार्नले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट १५ वर्षसम्म खेलेका थिए । कुशल लेग स्पिनर उनले टेष्ट क्रिकेटमा मुथैया मुरलीधरनपछि सबैभन्दा बढी ७ सय ८ विकेट लिएका छन्।