बिहीबार, मंसिर १३, २०८१
22:47 | ०४:३२

युक्रेनलाई कसैले भंग गर्न सक्दैन्ः जेलेन्स्की

रासस/एएफपी मार्च १, २०२२

युक्रेनी राष्ट्रपतिको सम्बोधनपछि ताली बजाउंदै 
युरोपियन कमिशन अध्यक्ष उर्सुला भोन डेर लियन । तस्बिर एपी ।

ब्रसेल्स, १७ फागुन–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिंकमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भंग गर्न नसक्ने बताएका छन् ।

उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउंदै भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।”

उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए ।

यसैबीच मंगलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई स्वतन्त्ररूपमा पुष्टि गर्न कठिनाई भइरहेको समाचारमा जनाएको छ ।

मंगलबार युक्रेनको दोस्रो ठूलो शहर खार्किभको प्रशासनिक भवनमा भएको हमलामा केहीको मृत्यु भएको हुनसक्ने र २० जना घाइते भएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो सहरमाथिको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू