शुक्रबार, माघ ४, २०८१
19:51 | ०१:३६

यस्तो छ बेलायतमा महाशिवरात्री रौनक (तस्विरहरु)

प्लमस्टिड पशुपतिनाथ र अल्डरसट शिव मन्दिरमा विशेष कार्यक्रम

नेपाली लिङ्क मार्च १, २०२२

पशुपतिनाथ मन्दिर प्लमस्टिड

लन्डन । महाशिवरात्री पर्व मंगलबार बेलायतवासी नेपालीहरुले पनि मनाएका छन्। लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिर, अल्डरसटको शिव मन्दिर लगायतका स्थानमा शिवरात्री मनाउन उल्लेख्य संख्यामा व्रतालुहरु भेला भएका छन् ।

लन्डन पशुपतिनाथ मन्दिरमा हरेक वर्षजस्तै यसपटक पनि महाशिवरात्री पर्व विशेष कार्यक्रम गरिएको छ । बिहान सात बजे खुलेको मन्दिरमा बेलुकासम्म नै आरती, पूजा, भजन किर्तनलगायतका गतिविधि सञ्चालन हुंदैछन् ।

पशुपतिनाथ मन्दिर प्लमस्टिड

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार मंगलबार दिउँसोसम्ममा सयौं व्रतालुले मन्दिर दर्शन गरिसकेका छन् ।

व्रतालुहरुले लाइनमा बसेर मन्दिर दर्शन, पूजा अर्चना र प्रसाद ग्रहण गरिरहेका छन् । व्रतालुहरुको सहयोग तथा प्रसाद तयारीमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, ट्रस्टीसहित स्वयम्सेवक खटिएका छन् ।

पशुपतिनाथ मन्दिर प्लमस्टिड

अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरद्धारा सञ्चालित शिव मन्दिरमा पनि दिनभर महाशिवरात्री पूजा सञ्चालन हुंदैछ । बिहान सातैबजेदेखि खोलिएको मन्दिर राती नौं बजेसम्म खुला राखिने सेन्टरका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । बेलुका ६ बजेपछि भजन किर्तनको कार्यक्रम पनि रहेको उनले बताए ।

शिव मन्दिर अल्डरसटमा राजदूत ज्ञानचन्द्र आचार्य

मन्दिरमा नियमित पूजाका लागि हालै नेपालबाट आएका पण्डित आचार्य मधुसुदन ले पूजा सञ्चालन गरेका छन् । अल्डरसट शिव मन्दिरमा शिवरात्री पूजाका लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पति र दूतावासकी उपनियोग प्रमुख रोशन खनाल समेत पुगेका थिए ।

शिव मन्दिर अल्डरसट

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू