मुक्तक प्रतिष्ठान यूकेले गर्यो प्रणय मुक्तक वाचन
लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके च्याप्टरले एक विशेष कार्यक्रमबीच प्रणय मुक्तक वाचन कार्यक्रम गरेको छ । पृथ्वीनारायण क्याम्पस पोखरासँग मुक्तक कार्यक्रम आयोजना गरिएका कारण भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीमा स्थगित कार्यक्रम २७ फेब्रुअरीमा गरिएको हो ।
मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । उपाध्यक्ष तथा उक्त कार्यक्रम संयोजक प्रतिमा केसीको स्वागत मन्तव्य र सेमन्त राईको संचालनमा भएको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने प्रमुख अतिथी तथा केन्द्रीय कोषाध्यक्ष निशा केसी विशेष अतिथी थिए । प्रमुख अतिथी रामकाजी कोनेले आफ्नो तीनवटा प्रेमिल मुक्तक वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
भर्चुअल माध्यमबाट दुई चरणमा गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा अतिथी तथा सम्पूर्ण सहभागी सर्जकहरुले ३÷३ वटा र दोस्रो चरणमा पनि ३-३ वटा गरी करिब ९० वटा रसिला प्रणय मुक्तकहरु वाचन गरेका थिए ।
प्रणय मुक्तक वाचनको अन्त्यमा नेपाल मुक्तक प्रतिष्ठान यूकेका सल्लाहकार तथा साहित्यकार डा. रुपक श्रेष्ठले प्रस्तुत गरिएका सम्पूर्ण सर्जकहरुको मुक्तकमा समिक्षामक टिप्पणी गरेका थिए ।
उक्त प्रणय मुक्तक वाचनमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने, कोषाध्यक्ष निशा केसी, मुक्तक प्रतिष्ठान यूकेका प्रमुख सल्लाहकार डा. रुपक श्रेष्ठ, सल्लाहकार बिनोद अधिकारी, अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, कोषाध्यक्ष राज श्रेष्ठले आ–आफ्नो प्रेमिल मुक्तक वाचन गरेका थिए ।
निकै रोचक बनेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु कुमार केसी, रबिन जोशी, सेमन्त राई, भरत लोहोरुङ राई, नानु राना, गंगा भण्डारी, कृश गुरुङ र जीत छन्त्याल लगायतका मुक्तककारहरुको सशक्त मुक्तक प्रस्तुति थियो ।
उक्त कार्यक्रममा वाचन गरिएका मुक्तकहरु ‘मुक्तक सागर’ पत्रिकाको बेलायत विशेषांकमा प्रकासन समेत गरिने अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५