बिहीबार, मंसिर १३, २०८१
23:30 | ०५:१५

रुसी राष्ट्रपतिसंग चीन र फ्रान्सेली राष्ट्रपतिको वार्ता

रासस–एएफपी फ्रेब्रवरी २५, २०२२

फाइल तस्बिर- एपी

बेइजिङ, १३ फागुन– चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन संकट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन् ।

पूर्वी युक्रेनको स्थिति द्रुत रूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन) लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेको सञ्चार माध्यमले जनाएका छन् ।

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गरेको जनाइएको छ। दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।

युक्रेनको राजधानी शहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई ‘सुरक्षा’ गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गर्दै रुस विरुद्ध प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू