युएईसँग भिड्दै नेपाल, जिते टी-२० विश्वकप खेल्ने अवसर
काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा आज नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ ।
नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे शुरु हुने खेलमा युएईलाई हराउन सके नेपाल यही वर्ष अष्ट्रेलियामा आयोजना हुने टी- ट्वान्टी विश्वकप खेल्न पाउनेछ । यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी- ट्वान्टी विश्वकप नै नेपालले खेलेको पहिलो र अन्तिम विश्वकप हो ।
पछिल्लो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
मंगलबार नै हुने अर्को सेमिफाइनल ओमान र आयरल्याण्डबीच हुनेछ । आयरल्याण्ड समूह ‘ए’ को विजेता हो भने ओमान समूह ‘बी’ को उपविजेता हो ।
दुवै सेमिफाइनल खेलका विजेता आगामी टी-ट्वान्टी विश्वकपलाई छनोट हुनेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५