शुक्रबार, मंसिर १४, २०८१
21:50 | ०३:३५

नेपालमा कोरोनाबाट मर्नेको संख्या १२ हजार नजिक

२४ घण्टामा थप ५७० जना संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२२

फाइल तस्विर

काठमाडौँ । नेपालमा महामारी सुरु भएयता ११ हजार ९११ जना कोरोना संक्रमितको मृत्यु भएको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएका छन् ।  कोरोनाबाट  हुने मृत्यु दर १.२ प्रतिशत छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार २५० छ । पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ४६ हजार ३३० पुगेको छ । निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या  १६ हजार ६१६ छ । अहिले होम आइसोलेशनमा १५ हजार ९७४ छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६६९, आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू