बिहीबार, मंसिर १३, २०८१
03:57
|
०९:४२
चीन भ्रमण उपलब्धिमूलक: पाकिस्तानी प्रधानमन्त्री
रासस-सिन्ह्वा
फ्रेब्रवरी १४, २०२२
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
आइतबार पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा उनले चीनसँग विभिन्न विषयमा अर्थपूर्ण छलफल भएको बताएका हुन्।
प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीन भ्रमण गरेका थिए। त्यस क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको प्रधानमन्त्री खानले बताए । भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका लागि ढोका खुलेको उनले उल्लेख गरेका थिए ।
प्रधानमन्त्री खान बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए । भ्रमणका क्रममा उनले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ