बिहीबार, मंसिर १३, २०८१
03:44 | ०९:२९

क्यानडाका प्रधानमन्त्रीद्वारा आन्दोलन अन्त्य गर्न आग्रह

रासस/एएनआई फ्रेब्रवरी ११, २०२२

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो । तस्बिर- एपी

ओटावा, २८ माघ–क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले राजधानीमा भइरहेको आन्दोलन तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने व्यवस्थाका विरुद्धमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न उनले आग्रह गरेका हुन् ।

देशका विपक्षी दलका नेताहरूसँगको छलफलका क्रममा उनले आन्दोलन अन्त्यका लागि सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

उनले विपक्षी दलका नेताहरुलाई आन्दोलनको अवस्था, त्यसको असर र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।

गत जनवरी अन्त्यदेखि सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको र धेरै हानी नोक्सानी भएको बताइएको छ ।

क्यानडा सरकारले सीमा नाका पार गर्नका लागि चालकहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएको हुनुपर्ने शर्त राखेपछि उनीहरू आन्दोलित भएका हुन् ।

“सरकारले गरेको निर्णय र अवैधानिक कार्यविरुद्ध उभिनु र त्यसको अन्त्य गर्नु संसदका सबै सदस्यहरूको दायित्व हो, यसमा सरकार मात्रै नभइ प्रतिपक्षी दलहरुको पनि जिम्मेबारी हुन्छ,” प्रधानमन्त्रीले भने ।

उनले आन्दोलन अन्त्यका लागि आफूले र सरकारले विभिन्न पहल गरेपनि अहिलेसम्म सफल हुन नसकेको उल्लेख गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू