बिहीबार, मंसिर १३, २०८१
03:50 | ०९:३५

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ घाइते   

रासस-एएफपी फ्रेब्रवरी १०, २०२२

रियाद–साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घट्नामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन् ।

आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए । यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए ।

साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, “साउदी रक्षा फौजले आभा अन्तराट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।”

सन्देशमा भनिएको छ, “गैर–सैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकमी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौं ।”

यस आक्रमणका लागि यमनी हुथी विद्रोहीहरूलाई दोषी ठहरयाइसकिएको पनि छैन् र इरान समर्थित विद्रोहीले पनि तत्काल जिम्मेवारी लिएको छैन् ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल संकलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू