शुक्रबार, माघ ४, २०८१
07:27 | १३:१२

रेडिङ नेपाली समाज यूकेले मनायो वसन्त पंचमी

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२२

लन्डन । रेडिङ बस्ने नेपालीहरुको साझा संगठन ‘ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएशन’ (जीआरएनसीए) ले एक समारोह आयोजना गरी वसन्त पंचमी मनाएको छ ।

आइतबार स्थानिय पार्क कम्युनिटी सेन्टर, पाल्मर पार्कमा आयोजना गरिएको कार्यक्रममा सरस्वतीको मुर्ती स्थापना गरी पुजाआजा गरियो ।

आध्यात्मिक चिन्तक तथा गुरु केदार रिमाल र रेडिङ नेपाली समाजका अध्यक्ष टेक गुरुङले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा सरस्वती पूजाको महिमा र बालबालिकालाई यसको महत्वबारे संक्षिप्त जानकारी गराइएको थियो ।

करिब एक सय जनाको सहभागिता रहेको सो कार्यक्रममा स्थानीय बालबालिकाहरुले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

जाडो यामको अन्त्य र वसन्त ऋतुको आगमनलाई स्वागत गरिने तथा अक्षराम्भ गराउन शुभ मानिने यो पर्व मनाउन रेडिङको विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली आफ्ना बालबालिकाहरुको साथमा आएका थिए ।

कार्यक्रममा सहभागी सबैलाई जलपान तथा प्रसाद वितरण गरिएको थियो।

कार्यक्रम सफल बनाउन रेडिङ नेपाली समाजका अध्यक्ष टेक गुरुङ, उपाध्यक्ष भिमसेन खड्का, पूर्व अध्यक्ष कृष्ण न्यौपाने, सल्लाहकार बिश्वआदर्श पण्डित, बालबालिकाका नेपाली गुरु त्रिलोचन गौतम, अभिभावक शेखर भट्टराई तथा संस्थाका महासचिव ओमकार अधिकारी, सचिव मनी सुवेदी, सह कोषाध्यक्ष जगन्नाथ सापकोटा र सदस्यद्वय लक्ष्मण श्रेष्ठ र इमानसिंह राईले विशेष भूमिका निर्वाह गरेका थिए ।

नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष भिमसेन खड्काले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू