शुक्रबार, मंसिर १४, २०८१
19:41
|
०१:२६
नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग
रासस
फ्रेब्रवरी ७, २०२२
काठमाडौं । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एयरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहल होस् ।”
निर्देशक ह्वाङ्क्युले राखेको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए । उनले भने, “तपाईहरूले राख्नु भएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौँ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ