युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्ने बेलायती महारानीको स्पष्टोक्ति
लण्डन, २३ माघ–बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन् ।
महारानीले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पनि पारेकी छन् ।
गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमति हुन् ।
युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चार्ल्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।
तर महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी हुन् ।
९५ वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन्, ‘मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५